काठमाडौं भदौ ३० । राष्ट्रिय जनगणना २०७८ अन्तरगत आजदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।

तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा घरपरिवार सूचीकरण पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा करिव ४० हजार गणकहरुले कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् ।

केन्द्रीय तथ्यांक विभागले सुपरीवेक्षकलाई ६ वटा जिम्मेवारी तोकेको छ । उनीहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली फर्म भर्ने र गणकको अनुगमन गर्नेछन् । सुपरभाइजरले सूचीकरण गरेका घरपरिवारमा दोस्रो चरणमा गणकहरु गएर तथ्यांक संकलन गर्ने नागहरेले बताए ।

देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउन तथ्यांक विभागले सबैमा आग्रह गरेको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको यो राष्ट्रिय जनगणनामामा आम नागरिकहरूको अपनत्व र सहभागिताका विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय