काठमाडौं ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक पनि अबरोध गरेको छ । आजको बैठकमा पनि एमालेको अवरोध कायमै रह्यो ।

आज बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

उनले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताइन् । अध्यक्ष तिमल्सिनाले पटक–पटक बस्न आग्रह गरे पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।

आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आउँदो असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय