३० भदौ, मुग्लिन । पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । मंगलबार राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय