
धनगढी ।नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् ।
मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए ।
दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारालामा तामाङ आकांक्षी देखिएपनि नेकपा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन गरेको हो।