
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला झापा पुगेका छन् । पार्टी विभाजन र आफू प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन् ।
झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ । संसद बैठकमा निरन्तर अवरोध गरिरहेको एमालेका अध्यक्ष ओली बैठक छलेर झापा पुग्नुलाई अर्थपूर्ण हेरिएको छ