२७ भदौ काठमाडौं । नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको हो ।

नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसारवाद, व्यक्तिवादमा फस्ने गरेको भन्दै उहाँले अगाडि भन्नुभयोे, ’नेपालका कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताउनु भएको छ । ‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद नामक दस्तावेजलाई विकसित गरेर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय