
२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ४० जनाको एन्टिजेन र पिसिआर परिक्षण गर्दा ९ सय ९४ जना संक्रमित भेटिएका हुन् ।
यो संख्या यसअघिका पछिल्ला केही दिनको भन्दा कम हो। प्राय पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक एक हजारभन्दा माथि नै आउने गरेको थियो ।
यस्तै, आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । त्यस्तै, एक हजार तीन सय ६८ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ। हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।