२६ भदौ काठमाडौं . अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स(एमसीसी) नेपालको लागि आवश्यक रहेको बताउनु भएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भए पनि त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको हो ।

एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय