काठमाडौं २४ भदौ । सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस बाहेकका तीन पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

हात्तीवनमा भएको अध्यक्षत्रयको भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। स्रोतका अनुसार भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तार र अमेरिकी परियोजना (एमसिसी)को बिषयमा पनि छलफल भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार गठबन्धनको दुई महिना पुग्न लाग्दासमेत अझै मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारलाई पूर्णता दिनको लागि शीर्ष नेताहरुबीच अझै भागबण्डा मिलेको छैन ।

समाजवादी र जसपाले उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि सहमति बन्न सकेको थिएन । एमसिसीको बिषयमा पनि गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री देउवा एमसिसी अगाडि बढाउने पक्षमा छन् । तर, प्रचण्ड संशोधनबिना संसदबाट पास गर्न नहुने अडानमा छन् । एमसिसीले गठबन्धनमा विवाद सुरु हुने परिस्थिति बनेको बेलामा देउवाबाहेकको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय