२४ भदौ, काठमाडौं । आज हरितालिका तीज, अर्थात् वैदिक सत्य सनातन हिन्दूुधर्मावलम्बीहरूको विशेष पर्व । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेष गरेर महिलाहरू नजिक रहेका शिव मन्दिरमा गई पूजा आराधना गर्दछन् ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ। कोरोना भाइरसको जोखिमका कारण मुख्य मन्दिरको ढोका बन्द गरिए पनि व्रतालु महिलाहरूले बाहिरैबाट महादेवको पूजा–आराधना गरिरहेका हुन् । आजको दिनमा निर्जल व्रत बसी पार्वती र महादेवको पूजा अर्चना गरेमा मनोकांक्षाहरू पूरा हुने धार्मिक मान्यता रहि आएको छ ।

विवाहित महिलाले आज आफू र श्रीमानको दीर्घायू र निरोगी बन्ने कामनासहित व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले महादेव जस्तै सुन्दर र हरेक कुरामा साथ दिने सुशील श्रीमान पाउने मनोकामनासहित व्रत बस्ने गर्दछन् ।

आज देशभरका शिव मन्दिरहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालुहरू रातो सारीमा सजिएर पूजाका लागि पुगेका छन् । सत्ययुगमा भाद्र शुक्ल तृतीयाकै दिन देवी पार्वतीले महादेवको व्रत बसी श्री महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बसे सम्पूर्ण मनोकामना पूर्ण हुने धार्मिक मान्यता रहेको छ ।

आजका दिन महिलाहरूले बिहानै उठेर नजिकै रहेको गंगा, नदी, तलाउ, पोखरी वा कुवा र धारामा गएर स्नान गरी शुद्ध भइ शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय