२३ भदौ, काठमाडैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् । संसद भवन नयाँबानेश्वर परिसरमा पत्रकारहरुसँग कुरागर्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

एमालेले माधव नेपालसहित एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न गएका १४ जना सांसदलाई पार्टी दर्ता नहुँदै कारबाही गरेको थियो । तर, उक्त कारबाहीलाई सभामुखले रोकेर राखेको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ती १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ ।

बुधबार एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्ने नारा नै लगाएको थियो । यसबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष नेपालले आँफुहरु निर्वाचित भएका सांसद भएको र, संविधान र कानून वमोजिम वैधानिक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय