२३ भदौ काठमाडौं । नेपालमा आज १३ हजार ४५५ नमूना परीक्षणमा १६ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका १३ हजार ४५५ मा १६ सय ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ हजार ७६७ नमूनाको पीसीआर र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १३ सय ४७ जनाको पीसीआर र २९३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ । यस्तै आज थप २१ सय ६१ जना कोरोनामुक्त भएका छन् । यो ९४.८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ छ । पछिल्लो २४ घन्टामा १ लाख २३ हजार २८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज ४८८ जनाको आइसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय