२३ भदौ, काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ ।

कमेडी च्याम्पियनमा निर्णायकमण्डलको भूमिकामा रहेकी ऋचा केही दिनदेखि बिदामा थिइन् । ऋचा आमा बनेकोबारे करिश्मा मानन्धर, श्वेता खड्का, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । ऋचा र शिशुको अवस्थामा सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय