२२ भदौ, काठमाडौं । चौतर्फि बिरोधका बिच एमसीसी उपाध्यक्ष फातिमा सुमार दुईदिन पछि नेपाल आउने चर्चा चलिरहेका बेला सत्तापक्षमा रहेको माओवादी केन्द्र, एकीकृत समाजवादी लगाएतका दलहरु भने बिरोधमा उत्रिएका छन् । भने सत्ता पक्षकै पार्टी भित्रका भिन्न–भिन्न नेताहरु फरक–फरक कोणमा पनि उभिएका छन् । कोही एमसिसि नेपाली जनताको हितमा भएकाले पास गर्नुपर्छ भन्नेमा छन् भने कोहीले यो राष्ट्रघाति सम्झौता पास गर्न नहुनेमा जोड दिँदै आएका छन् । नेकपा माओवादीभित्रकै कुरा गर्दा सचेतक देव गुरुङ लगाएत स्थायी समिति सदस्य लिलामणी पोख्रेल एमसीसीको विरुद्ध खरो रुपमा उभिएका छन् ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने एमसीसी कुनैपनि हालतमा पास नहुने घोषणा गरेका छन् । पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अर्काे तर्फ सत्तामा रहेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने जुनसुकै हालतमा पनि एमसीसी पास गर्ने पक्षमा देख्निछन् ।

यसैबिच आज काठमाडौंको अनामनगरस्थित संसाद डवलीमा आयोजित एमसीसी बिरुद्धको अन्तक्रियामा बोल्ने अधिकांस वक्ताले एमसीसी राष्ट्रघात भएको भन्दै यो पास भएमा देशले ठुलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । साथै उनिहरुले राष्ट्रघाती निर्णय कुनैपनि हालतमा गर्न नहुने भन्दै सम्पुर्ण जनता यस्को बिरुद्धमा उत्रनुपर्नेमा जोड दिएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपि गजुरेरले एमसिसि विरुद्ध जनताको मतलाई सरकाले कदर र सम्मान गर्दै यो राष्ट्रघाति छ भन्ने ठहर गरेर नेपालमा प्रवेश गर्नुहुँदैन भन्ने ठानेमा फिर्ता हुन सक्ने बताएका छन् । कार्यक्रममा बिप्लव नेकपाका नेता र्धमेन्द्र वास्तोलाले पनि एमसीसी विरुद्ध मोर्चाबन्दी गरेर सबै राष्ट्रभक्तहरु एकजुट हुनुपर्ने बताएका छन् । डा सुरेन्द्र केसिले देउवा सरकारले पास गर्न लागेको एमसिसिका विरुद्ध एकजुट भएर उभिनुपर्ने बताएका छन् ।

साथै नेपालमा एमसिसि जस्तो राष्ट्रघाति सम्झौता कुनैपनि हालतमा पास गर्न नहुने भन्दै दैनिकजसो विभिन्न राजनैतिक दल, विद्यार्थि संगठन, नागरिक अगुवा, वुद्धिजिवि लगाएत खरो रुपमा उत्रिदै आएका छन् । तर देउवा सरकार भने कसैको वास्ता नगर्दै जबरजस्ती एमसिसि पास गराएरै छाड्ने मुडमा उत्रिएको छ । एमसिसिको बिरोध गर्दै सडकमा उत्रिएहरुलाई गिरफतारदेखी धरपकडमा उभिएको छ । अब यो हेर्न बाँकी छ कि चौतर्फि बिरोधका बिच एमसिसि पास हुन्छ या रिजेक्ट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय