२२ भदौ, काठमडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५-१० प्रतिशत नोक्सानी भएको बताएका छन् । आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको बताए ।

उनले ५-१० प्रतिशत नोक्सानी भएको भन्दै त्यसलाई पूर्ति गर्न काम आँफुहरुले गर्ने बताएका छन् । अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उनले त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय