काठमाडौं –नेपाली काँग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
संघीय संसदको बैठक बुधबारका लागि बोलाइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाएकी हुन् ।

सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । यस्तै आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय