
काठमाडौं । सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण विष्णुमती नदी किनाराका १ सय घर डुबानमा परी १ हजार मानिस प्रभावित भएका छन् ।कठमाडौं महानगरपालिका– २० का वडाध्यक्ष राजेन्द्र मानन्धरका अनुसार बस्ती जलमग्न भई करिब १ सय घर र १ हजार मानिस प्रत्यक्ष प्रभावित भएका छन् । मानवीय क्षति भने भएन ।
परोपकारबाट डल्लु शोभा भगवती जाने करिडोर छेउमा रहेका जम्मै घरको एक तल्ला पानीले डुबेको थियो।नदी छेउमा रहेका सम्पूर्ण व्यवसाय, व्यापारहरु बन्द गर्नुपर्ने रहेका छन् ।वडाअध्यक्ष मानन्धरका अनुसार बस्ती डुबानमा परेपछि सोमबार बिहान ३ बजदेखि मानिस उद्धार गर्न खटिएका थिए । बाढीमा परी प्रभावित हुने करिब ३ सय जनालाई सोही वडामा अवस्थित भिमसेन मन्दिर नजिक रहेको देय्भ्वय्छे “मा निशुल्क बस्ने र खाना खुवाउने व्यवस्था मिलाइएको वडाले जनाएको छ।
‘ प्रभावित मानिसहरु त्यहाँ आएर खाना खान आउने क्रम बढीरहेको छ । सबैमा फेरी पानी पर्ने हो कि चिन्ता छाएको छ ।’ वडाअध्यक्ष मानन्धरले भन्नुभयो । त्यहाँ आउने सबैलाई वडाको विपद् व्यवस्थापन समितिको आकस्मिक कोषबाट स्वास्थ्य सुरक्षा मापदण्डका सामग्री मास्क, सेनिटाईजर खरिद गरी वितरण गरिएको पनि वडाअध्यक्ष मानन्धरले बताउनुभयो ।परोपकारबाट डल्लु जाने नयाँ पुलमा जम्मा गरी राखेको सामग्रीले नदीको पानी छेकिएपछि बस्तीमा पानी पसेकोे स्थानीयको भनाई रहेको छ ।