काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै नागरिकस्तरमा गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको बताएका छन् । आज नेपाली काँग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताए । उनले भने, ‘काँग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरतापूर्वक सोचेर मात्रै कदम चाल्नुपर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै  सिंहले सरकार सच्चिनुपर्ने बताए । । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उनको भनाई छ । ‘सरकारले जनताको दुःखमा साथ दिनुपर्दछ । सँधै जनताको पक्षमा हुनुपर्दछ ।’ उनले भने– ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनुपर्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय