
काठमाडौँ — एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका हुन् ।
गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ ।
भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ ।