संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।

घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ ।

घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ’ एक अनुसन्धान अधिकृतले भने ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय