५ साउन, काठमाडौं । नेपालमा फेरी कोरोनाको लहर बढ्दो क्रममा रहेको छ । आजमात्रै ३ हजार वढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

हालसम्म देशभर ३४ लाख ८६ हजार ३५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ४१९ रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ५३१, ललितपुर १४७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएका हुन् । यस्तै देशभर आईसीयूमा ५९२ र भेन्टिलेटरमा १७२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय