काठमाडौं । भारतीय प्रख्यात योग गुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीबीच नेपालको पर्यटन प्रर्वद्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सदगुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रर्वद्धनका विभिन्न विषयमाथि छलफल भएको थियो ।

भेटका क्रममा सदगुरुले नेपाल एशियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे ।‘ ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ रु आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन । ’ उनले भने ।

नेपाल विश्वका अरु देश जस्तो नभई अलौलिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यक्ता भएको भएको बताए । उनले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान सुझाव दिए । आउने दश वर्ष भित्रै नेपालको पर्यटनलाई जिडिपीको करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । त्यसको अपार सम्भावना नेपालमा छ तर नगरिए भने त्यो आउने पुस्ता माथीको अपराध हुने छ । यस्तै नेपालको मौलिक कला र संस्कृतिलाई पुस्तान्तरण गर्न पनि जरुरी छ । ’ उनले भने ।

भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले कोभिडकै बीचमा सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारत बीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए । यस्तै उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवर्द्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए ।

उनले खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हन गरे । सदुगुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाण्डौं फर्किएका हुन् । उनीसँगै विभिन्न देशका उनका अनुयायी तथा सहगोगी गरी करिब चालिस जना भन्दाबढिको समुह नेपालमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय