१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे । आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय