१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अफर दिएकी छिन् । आज विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूहरुको दल रोजे मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् ।

दल छान्ने अधिकार २३ गतेसम्म रहेकोले नेकपा (एस्रो) जेर आएमा उनीहरुलाई नै विश्वासको मत दिने आश्वासन दिएकी छन् । नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताएकी छिन् । एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । नेतृ झाँक्रीले दल विभाजनमा साथ नदिएका एमालेका तत्कालिन माधवकुमार नेपाल पक्षका नेताहरु स्वार्थी बनेको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय