
दीर्घराज प्रसाई । नेपालको स्थायित्व कायम गर्नसक्ने हिन्दुअधिराज्य र एक मात्र स्थायी संरक्षक नेपालको राजसंस्था हो । तर विदेशीहरुको इशारामा राजसंस्था विस्थापित भएका बेलादेखि नेपाल अत्यन्त असुरक्षित बनेको छ । नेपालमा २०४८ सालदेखि नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनले जसरी हुन्छ देशको अधोगति बनाउने बाटोमा मात्र लागे । गिरिजाकै कारणले नेपालका सम्पूर्ण नाफामा रहेका उद्योगधन्दा बेचेर देशभित्र बेकारी समस्या बढाए, देशको टाट पल्टाए । नेपालको नाफामा रहेको वायुसेवा निगम ध्वस्त बनाए ।
भन्सारलाई आफ्रनो नियन्त्रणमा लिएर लुट मच्चाए । देशका जनताले विश्वास गरेर देशको लागि राम्रो काम हुन्छ भनेर निर्वाचित भएका प्रधानमन्त्रीले त्यस्तो राम्रो मौका पाउँदा पनि किन देशमा यस्तो कुकर्म गरे भन्ने कुरा नेपालको राजनीतिक इतिहासमा बिर्सन सकिदैन । त्यस्तै पटक–पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली र बाबुराम भट्टराईहरुलाई देश डुबे डुबोस्, केही मत्लव छैन, यी सबै चिनिएका भ्रष्ट–पदलोलुप्त व्यक्ति हुन् । त्यसैले म पटक पटक भन्छु नेपालमा कुनै डर छ भने नेपाली आमाको कोखबाट जन्मिएका सैतानहरुबाट छ ।
पटक–पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली र बाबुराम भट्टराईहरुलाई देश डुबे डुबोस्, केही मत्लव छैन, यी सबै चिनिएका भ्रष्ट–पदलोलुप्त व्यक्ति हुन् । त्यसैले म पटक पटक भन्छु नेपालमा कुनै डर छ भने नेपाली आमाको कोखबाट जन्मिएका सैतानहरुबाट छ ।
नेपालको राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यको रुपमा चिनिएको नेपाललाई धर्म निरपेक्ष, गणतन्त्र र संघीयताको प्रायोजीत बुँदा स्थापित गर्न खोजेको बेलादेखि नेपाल गन्तव्यविहीन बनेको छ । नेपाल विश्वका हिन्दुहरुको लागि गौरवमय भूखण्ड हो । १ वैदिक सनातन आध्यात्मिक पर्यावरणयुक्त भूखण्ड, २ तीन करोड नेपालीहरुको सार्वभोमसत्ता नेपाल, ३ विश्वका अबौं हिन्दु तथा बौद्धहरुको देश–नेपाल । नेपाललाई नेपालभित्रका सम्पूर्ण जाती, धर्म, संस्कृति, परम्परा र देशको सार्वभौमसत्तालाई बचाएर स्थायित्व कायम गर्नसक्ने एक मात्र स्थायी संरक्षक नेपालको राजसंस्था हो । २०४८ सालदेखि गिरिजाको कालो शासनकै कारणले आज देश असुरक्षित अवस्थामा पुगेको छ । गिरिजाका प्रधानमंत्री भएदेखि जस्ले जत्ति धेरै भ्रष्टाचार र अपराध गर्छ त्यही ठूलो नेता हुने परिपाटी बस्यो । नेपालमा अराजकता संस्थागत हुन पुग्यो ।
गिरिजाकै कुशासनबाट माओवादी आतंक जन्मियो । माओवादीलाई भारतले भित्रभित्रै सुरक्षाका साथ तालीम दिएर राखेको थियो । २०४८ सालपछि गिरिजा र शेरबहादुर देउवाले जति देश वरवाद गरे पछिका दिनमा यिनीहरु पटक–पटक प्रधानमन्त्री हुँदा पनि देशलाई डुबाउन सक्रिय बने ।गिरिजाकै कारणले नेपालका सम्पूर्ण नाफामा रहेका उद्योगधन्दा बेचेर देशभित्र बेकारी समस्या बढाए, देशको टाट पल्टाए । नेपालको नाफामा रहेको वायुसेवा निगम ध्वस्त बनाए ।
२०६३ सालको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीको भित्री समर्थनमा आन्दोलनकारी दलहरुले राजालाई संकटको विकल्प शक्तिको रुपमा गुहारेर २०६३ वैशाख ११ गतेमा चारबर्ष अगाडि उनीहरुबाटै विघटीत भइसकेको प्रतिनिधिसभा ब्यूँताउने शर्तमा संझौता भएको थियो । आन्दोलनको मेनडेट् बनाएर राजाबाट प्रतिनिधिसभा पुनसर्थापना गरी गिरिजाप्रसाद कोइरालालाई प्रधानमंत्रीमा निुयुक्त गरी राजाबाटै राजदरबारको पटाङ्गिनीमा प्रधानमन्त्रीको सपथग्रहण भयो । २०६३ साल बैशाख ११ गते राजासँग भएको संझौता तोडे । २०७२ साल असोज ३ गते नयाँ संविधानमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गरे ।
२०४८ सालपछि गिरिजा र शेरबहादुर देउवाले जति देश वरवाद गरे पछिका दिनमा यिनीहरु पटक–पटक प्रधानमन्त्री हुँदा पनि देशलाई डुबाउन सक्रिय बने । यसहिसाव पंचण्ड, बाबुराम भट्टराई, केपी ओली सबै एकै डयाङका मुला ठहरिए । यिनीहरुलाई देश डुबे डुबोस्, केही मत्लव छैन, यी सबै चिनिएका भ्रष्ट–पदलोलुप्त व्यक्ति हुन् । यिनीहरु जस्तो पुडमाड्, भ्रष्ट पदलोलुप्त व्यक्ति र धोती खुस्काइसकेका प्रतिक्रियावादी भ्रष्ट माओवादीका प्रचण्डबाट केही आशा राख्न सकिदैन ।
२०७८ साल असार २९ गतेको सर्वोच्च अदालतको जवरजस्त फैसलाबाट शेरबहादुर देउवा असार ३० गतेदेखि नेपालको प्रधानमन्त्री बनेर देशद्रोही अपराधीहरुको गठबन्दन गराएर प्रधानमन्त्री बनेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री बनाउनमा अमेरिकी जासुुसहरुको हात भएको कुरा यो लुकाएर पनि लुक्तैन, यो सबैले बुझिसकेका छन् । यसमा पैसाको धेरै ठूलो खेल छ । सवौच्च अदालनभित्र पनि पैसाको पहुँच पुगेको हुनुपर्छ । पैसाको खेल नभई अदालतले प्रधानम्रत्री केपी ओलीबाट विगटित प्रतिनिधिसभा ब्यूँताएको आदेशकासाथ ४८ घण्टाभित्रमा शेरबहादुरलाई प्रधानमन्त्री दिने दबाबपूर्ण आदेशले प्रष्टयाउँछ ।
शेरबहादुर देउवा अमेरिकी एजेन्टको रुपमा चिनिनुमा उनलाई आत्माग्लानी नभई, गौरव होला । उनले एमसीसीलाई संसदबाट पारित गराउन र फ्रि–तिब्बतको लागि अमेरिकालाई बाटो फराकिलो बनाएर नेपाललाई रणभूमि बनाउनुमा उनको लागि कुनै चिन्ताको विषय नैं होइन । शेरबहादुर देउवाले संसदको पहिलो अधिवेसनमा विश्वासको मत लिने सन्दर्भमा बाबुराम भट्टराईले प्रष्ट रुपमा खुलेर बोले– ’हामी अहिले २०६२ साल दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिका सबै पक्ष अहिले एकै ठाउँमा हुनपुग्नु यो ठूलो उपलब्धि हो’ भन्नुले यो राष्ट्रघाटको बाटोमा रहेको कुरा छर्लंग छ । त्यसैले अव यो खतरनाक जालोबाट नेपाल फुत्कनु पर्छ । यी देशद्रोहीहरुको भरमा परेर आफ्नै देशभित्र शरणार्थी बन्नुपर्ने दिन नआओस् ।
शेरबहादुर देउवा प्रधानमन्त्री बनेता पनि यिनी र यिनले नियुक्त गरेका मन्त्रीहरु देशको लागि सबैको क्रियाकलाप देशको लागि घातक हुनेछ । देश डुबे डुबोस्, राजसंस्था, हिन्दु अधिराज्य बारेमा यिनीहरुलाई केही मत्लव छैन । यिनीहरु सत्ता कब्जा गरेर देशको बाँचेका स्रोतहरुमा ब्रम्हलुट मच्चाउन तल्लिन हुनेछन् । यिनीहरुबाट पनि कुनै हालतमा देशले निकास पाउन सक्तैन । यिनीहरुको कालो नाटक अव नेपाली जनता हेरेर बस्ने पक्षमा छैनन् ।
पार्टीका कुचक्री नेताहरुको सोचाइबाट देश झन ओरालो लाग्दो छ । भारतका एक पत्रकार आनन्द स्वरुपले केहीबर्ष अगाडि लेखेका थिए–‘सिक्किमलाई भारतमा गाभ्न एक मात्र लेण्डुब दोर्जे थिए तर नेपालमा धेरै ल्याण्डुप दोर्जे छन् ।’ नेपालमा कुनै डर छ भने यहीका नेपाली आमाको कोखबाट जन्मिएका सैतानहरुबाट छ । २०६३ सालदेखि संविधानवादको बिरुद्ध कांग्रेस, एमाले, माओवादी हिडेकाले २०७२ साल असोज ३ गते नयाँ संविधान यिनीहरुले बनाएपनि देश संविधान विहीन अवस्थामा छ । अझै यी गद्दारहरुको विश्वास गर्ने हो भने यो देशको भविष्य अन्धकार छ ।
नेपालको स्थिरता, एकता र सार्वभौमसत्ताको मेओको रुपमा राजसंस्था र नेपालको पहिचान र प्रतिष्ठासँग गाँसिएको भारत लगायत विश्वका हिन्दुहरुको आस्थाको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य कायम गरेर संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यको निरन्तरता भएपछि कुनै स्वदेशी गद्दार र विदेशीले नेपाललाई इसाईकरण गर्ने अनि टुक्रयाउने धम्की दिन सक्तैनन् ।
नेपालको राजा कुनै विदेशीको कठपुतली बनेर टिक्न चाहदैन । सम्राज्यवादी शक्तिसँग लडेर स्थापित शक्ति हो– नेपालको राजसंस्था । यसहिसावले हामी भन्दा राजा स्वभावैले देशभक्त हुन्छन् । अतः अव सबै दलभित्रका देशभक्तहरुले सकारात्मक सोच राखेर राजाको सदासयता बुझेर नेपालमा राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्य नेपाललाई निरन्तरता दिलाउने सोच राख्न सक्नुपर्छ ।
नेपालका राजाहरुले देशलाई संकटग्रस्त बनाउने र जनतालाई दुःख दिने काम गरेनन् । नेपालमा राजालाई विवादमा उतार्न इतिहासमा अनेकौं षडयन्त्रहरु पनि भएका छन् ।इतिहासमा घटेका काण्डहरुबाट शिक्षा लिएर नेपालका सत्ताधारीहरु हिड्नु पर्नेमा नेपाली कांग्रेसले इतिहासबाट शिक्षा लिने काम कहिले गरेन । यस हिसावले हामी भन्दा राजा स्वभावैले देशभक्त हुन्छन् । अतः अव सबै दलभित्रका देशभक्तहरुले सकारात्मक सोच राखेर राजाको सदासयता बुझेर नेपालमा राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्य नेपाललाई निरन्तरता दिलाएर नेपालको सार्वभौम अस्तित्त्व, एकतालाई कायम राख्न हामी नेपालीहरु सशक्त बनौं ।