१६ भदौ, काठमाडौं । चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर निर्देशक सुरज बर्जत्यसहितको टोली नेपाल आउने भएको छ । उनीहरु, अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि चलचित्रको व्यवस्थापनको जिम्मा सम्हालेको थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार नेपाल आउनेछन् । उनीहरु, करिब ४० दिन नेपालमा बस्ने सुरजले जानकारी दिए । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

चलचित्रले मित्रताको कथा भन्नेछ । चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्र निर्देशक सुरजको लागि विशेष छ । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय