काठमाडौं १६ भदौ । जारी निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल गर्न उपत्यकाका तीनै जिल्ला ( काठमाडौं, ललितपुर तथा भक्तपुरका) का सीडीओहरुको बैठक बस्दै छ ।

आज दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

साथै आजको बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउनेसमेत उनले जानकारी दिए। यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ।

आजको बैठकले निषेधाज्ञाका यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने उनले बताए । पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने पराजुलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय