काठमाडौं –नेकपा एमालेका नेता गौतमले एक अन्तरबार्ताको क्रममा एमाले केपीको नेतृत्वको पार्टीमा म बस्नै सक्दिनँ । म राजीनामा दिन्छु नै । राजीनामा दिएपछि एमाले छोडेको हुन्छ, एमाले पनि छोड्छु एक अन्तरबार्ताको क्रममा बताएका छन्

मैले जिन्दगीभरि, जबज अघि सारेदेखि यसलाई निर्माण गर्न, घोषणा गर्न र स्थापित गर्न सङ्घर्ष गरेँ । मदन भण्डारीको देहान्तपछि आजको परिस्थितिमा जबज विकसित गर्ने म हो । यसमा मैले लेखेको, बोलेको छु । माधवजीले मैले पनि धेरै लेखेको छु भन्नुभयो । तर, लेखे पनि अहिले छोडेपछि त्यसको के अर्थ भयो र ?

माधव नेपालकै साथमा रहेका नेताहरूले, सम्भवतः रामकुमारी झाँक्रीको एउटा इन्टरभ्यु आएको छ, त्यसमा जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भयो, त्यसमा हामी जानै सक्दैनौँ भनिसकेपछि म त्यो च्याप्टरमा कसरी प्रवेश गर्न सक्छु र ?

केपीको नेतृत्वको पार्टीमा म बस्नै सक्दिनँ । म राजीनामा दिन्छु नै । राजीनामा दिएपछि एमाले छोडेको हुन्छ, एमाले पनि छोड्छु ।

म ओलीसँग जाने कि नजाने भन्ने दोधारमा थिएँ । त्यो अवस्थामा मैले पार्टी एकताको जिम्मेवारी पाउँछु कि भनेर ओलीसँग गएँ । म तपाईंसँगै रहन्छु, तर मलाई पार्टी एकता गर्ने र वामपन्थी एकताको सरकार बनाउने जिम्मेवारी दिनुस् भनेँ । तर, प्रधानमन्त्री तपाई नै हुनुस्, मलाई जिम्मेवारी दिनुस् भनेँ । तर, मलाई जिम्मा दिनुभएन । माइन्युटमा लेख्नुस् भन्दा ‘भयो त, अरूको जस्तै तपाईंको पनि जिम्मेवारी छ’ भन्नुभयो, त्यो मैले स्वीकार गरिनँ ।

अहिले मेरो विरुद्धमा एउटा आर्टिकल आएको छ । माधव नेपालको पार्टीले मेरो चरित्र हत्या गर्‍यो । पार्टी दर्ता भएपछि मैले घोषणापत्र हेरेँ । मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद मात्रै रहेछ, जबज हटेको छ । त्यो घोषणापत्र लिएर म, हरि पराजुली र केशवलाल श्रेष्ठ माधव नेपालकोमा गयौँ । जबज छुटेको हो कि छुटाएको हो भन्दा उहाँले यो नहालेकै हो भन्नुभयो ।

उहाँले जनताको बहुदलीय जनवादलाई सिद्धान्तमा राख्न सक्नुहुन्न । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाइसकेपछि त म बस्न सक्दैन । त्यसलाई पुनर्विचार गर्नुहुन्छ भने विचार गर्न सकिन्छ, यदि पुनर्विचार हुँदैन भने म तपाईंसँग रहन सक्दिनँ भन्ने कुराकानी गरेँ ।

मैले जिन्दगीभरि, जबज अघि सारेदेखि यसलाई निर्माण गर्न, घोषणा गर्न र स्थापित गर्न सङ्घर्ष गरेँ । मदन भण्डारीको देहान्तपछि आजको परिस्थितिमा जबज विकसित गर्ने म हो । यसमा मैले लेखेको, बोलेको छु । माधवजीले मैले पनि धेरै लेखेको छु भन्नुभयो । तर, लेखे पनि अहिले छोडेपछि त्यसको के अर्थ भयो र

उहाँले पछि पुनर्स्थापना गर्न सकिन्छ नि भन्नुभयो । उहाँ आइहाल्नुस्, आइहाल्नुस् मात्रै भन्नुहुन्छ । उहाँले तपाई आउनुस्, छलफल गर्नुस्, साथीहरूलाई कन्भिन्स गर्नुस् भन्नुभयो ।

म तपाईंले हटाएको पार्टीमा छिर्ने, अनि गइसकेपछि मैले कुन नैतिकताका आधारमा पुनर्स्थापित गर्नुपर्छ भनेर सङ्घर्ष गर्न सक्छु रु म त्यो सङ्घर्ष गर्न किन आउने र म त काम गर्न आउने हो, सहयोग गर्न नै हो । मैले तपाईंको पद मागेको छैन । अहिले पार्टी निर्माण गर्ने सङ्घर्षका क्रममा तपाई नै नेता हो । तपाईंलाई सहयोग गर्ने, तपाईंलाई नै नेता मान्ने हो । यसमा शङ्का गर्ने आवश्यकता नै छैन । तपाई माधव नेपाल लाई कसरी सहयोग गर्ने भनेर नै आउने हो ।

​मैले जहिलेदेखि उहाँ माधव नेपाल ले समानान्तर कमिटी बनाउने, भेला गर्ने, एमालेको ब्यानरमा गर्ने तर अलग गर्ने, पार्टी अध्यक्ष केपीलाई विरोध गर्ने काम उपयुक्त छैन, यसो नगर्नू भनेर मैले सुझाव दिएको थिएँ ।

माधव नेपालले आउनुस् भन्दा तपाईंले पार्टी दर्ता गर्नुभयो भने आउँछु भनेर सुरुदेखि, फागुन चैतदेखि नै भन्दै आएको छु । उहाँले बोलाउँदा मैले त्यसो भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय