काठमाडौं – नेपाली काँग्रेसको संस्थापन इतर पक्षले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने निष्कर्ष निकालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा मंगलबार बसेको इतर पक्षको बैठकले माधव नेपाल नेपाल पक्षको आन्तरिक समीकरण मिलाउनु पर्ने भएकाले भदौ २२ सम्म मन्त्रिपरिषद् विस्तार नहुने निष्कर्ष निकालिएको हो । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने देखिएको काँग्रेस नेता बलबहादुर केसीले बैठकपछि जानकारी दिए ।

बैठकले मन्त्रालयबारे छिटो टुंगो लगाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषयनै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ ।

बैठकले मन्त्रीमण्डलमा नेपाली काँग्रेसले कति पाउने भन्ने विषयमा प्रधानमन्त्री देउवालाई छिटो टुंगोमा पुग्न आग्रह गर्ने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले भने, ‘मन्त्रीपरिषदमा जाने विषयमा विषय प्रवेश ग¥यो । मन्त्रीमण्डलमा नेपाली काँग्रेसले कति पाउने र नेपाली काँग्रेस भित्र पनि हामीहरुको जुन पक्ष छ, त्यसलाई कति दिने भन्ने कुरामा अहिले पनि टुंगो भाको छैन । सभापतिजीले त्यो कुरामा वास्तविक रुपमा प्रवेश गर्नु भएको छैन । त्यसैले त्यो कुरा पनि प्रवेश होस् ।’

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘विभिन्न पक्षबाट आउने अनुहारहरुलाई हेरेर क्षेत्रीय सन्तुलन, जातीय सन्तुलन मिलेर मन्त्रीमण्डलमा पठाउने हो,’ नेता केसीले भने, ‘तर सबभन्दा पहिला कति जनाले मन्त्रालयले पाउने रु भन्ने स्पष्ट हुनुपर्छ भन्ने कुरामै बैठक सीमित रह्यो ।’

बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिवद्धता पनि नेताहरुले जनाएका थिए । यसैगरी भदौ १८ गते काँग्रेसको वडा अधिवेशन सुरु हुनुअघि नै आफ्नो समूहबाट महाधिवेशनका लागि केन्द्रीय सभापति, पदाधिकारी र प्रदेश सभापतिलगायत समेतको टीम तयार गर्ने निर्णय पनि गरेको छ । नेता केसीले भने, ‘जो लडेपनि सहमतिमा एक जना लड्ने विषयमा छलफल गरिएको छ । र हामी सहमतिपूर्ण परिस्थिति नै निर्माण गछौं । त्यही हामी सबैको वचनबद्धता हो ।’

पौडेल पक्षभित्र १४ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह र डा। शेखर कोइराला सभापतिको आकांक्षी छन् । नेता केसीले सबै नेताहरुले मिलेर महाधिवेशनमा उम्मेदवारी दिने प्रतिवद्धता बैठकमा जनाउनु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय