
काठमाडौं ५ साउन । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य नैनसिंह महरले दुई जिल्लाको अबरोधले कांग्रेसको महाधिवेशन नसर्ने बताएका छन् । रेडियो मिर्मिरेबाट प्रसारित कार्यक्रम दोष कस्को ? को अन्तर्वाताको क्रममा नेता महरले गुट पकडेर बैतर्नी तर्न खोज्ने प्रवृृति अहिले कांग्रेस भित्रका युवा नेताहरुमा देखिएको समेत बताएका छन् ।
नेपालको संबैधानिक प्रक्रियालाइै जटिलता तर्फ उन्मुख गर्ने प्रपन्च ओली सरकारले गरेको ठहर गर्दै त्यसलाई नेपाली जनताले गतिलो जबाफ दिएको समेत बताए । ओली सरकारले जनातालाई सास्ती मात्र दिएको कुरा कांग्रेसले नभुल्ने भन्दै नेता महरले सबै जनतामाझ कोरोना बिरुद्धको खोप सर्ब–सुलभ रुपमा पुग्ने उद्घोष गरे ।
अर्को प्रसंगमा नेता महरले ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएको सन्दर्भमा संबैधानिक प्रोसेसलाइ नबुझ्ने मान्छेले मात्रै कांग्रेसलाई बिभिन्न आरोप लगाउने गरेको बताए ।
क्रियाशील सदस्यता छानबिन सम्बन्धमा महरले तल्लो तहमा धाँधली भयको ठहर समेत गरेका छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरुले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिसकेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ ।