४ साउन, काठमाडौं । ११ हजार ६६४ नमूना परीक्षणमा २४ सय ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ६६४ नमूनामा २४ सय ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७,८३३ नमूनाको पीसीआरबाट र ३,८३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घन्टामा १२ सय ५८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ। निको हुने दर ९४.७ प्रतिशत हो । मन्त्रालयका अनुसार आज कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय