
१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् ।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । नेता बस्नेतले सभामुख सापकोटाले नेपाली राजनीति र संविधान पालनाको विषयमा गलत नजीर बसाएको पनि टिप्पणी गरे ।
नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा महागठबन्धनको नाममा अर्को च्याखे दाउ थापेको बताए ।