
काठमाडौं १४ भदौ । सत्ता गठबन्धनका ५ दलले बुधबारसम्म मन्त्रिपरिषद विस्तारको निर्णय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मन्त्रिपरिषद विस्तारमा सहमत भएका हुन् ।
जनमोर्चाले यसअघि नै सरकारमा सहभागी नहुने निर्णय गरेका कारण चार दलका तर्फबाट मन्त्रीको नाम पठाइनेछ । बैठकमा जयसिंह धामी प्रकरणमा सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ । यस्तै अघिल्लो सरकारले ल्याएको बजेट सच्याउने विषयमा पनि सहमति बनेको बताइएको छ ।