काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा ९एकीकृत समाजवादी ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै यस्तो तयारी गरेको हो ।

 

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । यसैक्रममा नेकपा ९एस० ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो। नेकपा ९एस० ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ । नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ ।

नेकपा एस संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय