१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आज कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

आज फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय