दाङ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन । दाङको घोराहीमा सन्चारकर्मिसंगको कुराकानिमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन ।

पार्टीको महाधीबेशनमा तपाई सभापतिमा उठ्नु हुन्छ कि नाइ भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने( ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’ उनले सभापतिमा उठ्ने मात्रै भनेनन्, उम्मेदवारीबाट पछाडि नहट्ने दाबी पनि गरे ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेसका नेता किरणकिशोर घिमिरे र पार्टीका पुर्व जिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यवादेवी शर्माको सम्झनामा नेपाली कांग्रेस दाङले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरे । उनले महाधिवेशनको तयारीमा जुट्न कांग्रेस नेता(कार्यकर्तालाइ निर्देशन समेत दिए ।

कांग्रेसको महाधिवेशन भदौ १८ गतेदेखि वडा(वडाबाट सुरु हुने भन्दै पार्टीको आन्तरिक जिबनमा महाधिबेशनले महत्वपुर्ण अर्थ राख्ने र महाधिबेशन कांग्रेस नेता, कार्यकर्ताका लागि ठुलो पर्ब भएकाले सहि र सक्षम नेतृत्व चुन्नु पर्ने बताए । पार्टीको निर्वाचनलाइ हार र जितको विषय बनाउन नहुने भन्दै पार्टीलाई बलियो र एकताबद्ध बनाएर निर्वाचनमा कांग्रेसलाइ पहिलो पार्टी बनाउनुपर्ने बताए ।

कम्युनिष्ट फुटेको समय भएकाले गाउँ(गाउँमा पार्टी संगठनमा जुट्न उनले सबै नेता, कार्यकर्तामा आह्वान गरे । पार्टीको निर्वाचन नै अन्तिम नभएको भन्दै आउने आम निर्वाचन कांग्रेसको प्रतिष्ठाको लडाइँ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाइ थियो । एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो ।

कांग्रेस सह(महामन्त्री डा। प्रकासशरण महतले पार्टीको महाधिवेशन निर्धारित समयमा नै हुने भएकाले त्यसमा ढुक्क हुन आग्रह गरे । पार्टीको चुनावलाई राजनितिक इगो बनाएर आउने आम( निर्वाचनमा त्यसलाई रिस साध्न विषय बनाउन नहुने तर्क गर्दै अधिवेशनबाट आउने नेतृत्वलाई सहयोग गर्दै पार्टीलाई थप बलियो बनाएर लगेमा कांग्रेसले बहुमत ल्याउने बताए ।

महतले विगतमा दाङ कांग्रेसले जितेर गढ बनाएको चर्चा गर्दै अब आउने चुनावमा दाङका सबै निर्वाचन क्षेत्र कांग्रेसले जित्ने गरी लाग्न नेता, कार्यकर्तालाइ आग्रह गरे ।

त्यस्तै पुर्बमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरिले कांग्रेसको अधिवेशनका क्रममा चुनावमा नेता, कार्यकर्ताको बीचमा धेरै भिड्नुपर्ने भएकाले पार्टीभित्र सहयोग, समन्वयको भावना नभएको भन्दै यो भावना विकास गर्न तर्फ जोड दिनुपर्ने बताए ।

अर्का पूर्वमन्त्री सञ्जय गौतमले पार्टीभित्र गुट(उपगुट अन्त्य गरेर विचार र दृष्टिकोणलाइ आधार मानेर पार्टीलाई बलियो बनाउनुपर्ने टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय