
मुम्बई । हलिउड अभिनेता विन डिजेल र बलिउड अभिनेत्री दिपिका पादुकोण हलिउड चलचित्र ‘रिर्टन अफ जेन्डर केज’ मा सँगै काम गरेका छन् । यही चलचित्रको क्रममा विन र डिजेलबीच नजिकबाट परिचय भएको थियो ।
‘प्रिमियर सो’का लागि भारत पुगेका अभिनेता डिजेलले दिपिकालाई ‘क्विन’ र ‘परी’ भन्दै सम्बोधन गरेका थिए । लामो समयदेखि भारत आउने इच्छा भएपनि आउने समय नजुरिरहेको भन्दै उनले क्विन दिपिकाका कारण सम्भव भएको बताएका थिए ।
“म भारत आउने अवसरको प्रतीक्षामा थिएँ । यी क्विन, एन्जलले मलाई भारत ल्यायो । उनी मेरो जिवनमा हुनु आशिर्वाद नै हो । यति सुन्दर आत्मा मेरो जीवनमा हुनु पनि आशिर्वाद नै हो । म दिपिकासँग काम गर्न पनि प्रतिक्षा गरिरहेको थिएँ । मैले उनलाई केही वर्ष अघि नै भेटेको थिएँ र हामी दुईबीच राम्रो केमेस्ट्री देखेको थिएँ,” विनले भने ।
भारत आउने योजना दिपिकाकै कारण तय भएको पनि उनले उल्लेख गरेका थिए । इन्डियन एक्सप्रेसबाट