भाद्र ९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झुट बोलेको दाबी गर्नुभएको छ । उहाँले अध्यक्ष दाहाललाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिनुभएको छ । आज देशको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबी समेत गर्नुभएको छ । आफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिएको बताउँदै उहाँले वर्तमान सरकार विकास निर्माणको काम ठप्प पारेको आरोप लगाउनु भएको छ । उहाँले दीर्घकालीन आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश पोख्नुभएको थियो । उहाँले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गर्नुभएको थियो । उहाँले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय