
काठमाडौँ – प्रतिनिधिसभाको पूर्ण कार्यकाल सुनिश्चित भएसँगै पर्दा पछाडिका खेलाडीहरुको खेलमा तत्कालका लागि विराम लागेको जनता समाजवादीका नेता डा. बाबुराम भट्टाराईले बताएका छन्।
प्रतिनिधिसभामा आइतबार बेलुका भएको विश्वासको मतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै संसदको आयू जोगिएको हो ।
सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले लेखेका छन्, ‘अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो । नेकपाको दुई तिहाई बहुमत कांग्रेस गठबन्धनमा स¥यो ।’
उनले आइतबारको मतदानसँगै १२ बुँदे समझदारी र शान्तिसम्झौताका सहकर्मीहरुको टुटेको कडी जोडिएको पनि उल्लेख गरेका छन् । पर्दा पछाडिका खेलाडीहरुको खेल तत्काललाई विराम लागे पनि सचेत भने रहनु पर्ने उनले बताएका छन् ।