९ भदौ, काठमाडौं । कोरोना कहरसंगैको जारी गरिएको लकडाउनका कारण बिभिन्न क्षत्रले कराडौं नोक्सानि बेहोर्नु पर्याे । यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७५ चैतदेखि असारसम्म कोरोना भाइरस नियन्त्रणको लागि गरिएको लकडाउन अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । आर्थिक वर्ष २०७६÷७७ को चैतबाट नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० चैतपछि असार मसान्त २०७७ सम्म चार्टर्ड उडान बाहेकका नियमित उडान बन्द भएका थिए ।

नेपाल एयरलाइन्सले कोभिड १९ को प्रभावबारे अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ । यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयाडिलिङ वापतको राजस्व समेत गुमेको जनाएको छ । असारपछि भने गन्तब्य अनुसार नियमित उडान क्रमशः खुकुलो बन्दै गएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा समेत ठूलो गिरावट आएको छ । महामारीका कारण सबै हवाई उडान बन्द भएका कारण आम्दानी गुमेको हो । आव २०७५÷७६ को वाषिर्क प्रगतिको तुलनामा भने सो वर्ष प्राधिकरणको आम्दानीमा १५.५३ प्रतिशतको कमी आएको हो । नेपाल नागरि उड्डयन प्राधिकरणले सो वर्ष राखेका अधिकांश लक्ष्य भेटाउन सकेन । यसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत पछाडी धकेलिएको छ । पोखरा विमानस्थलको काम १० जुलाई २०२० मा सक्ने लक्ष्य थियो । यसलाई धकेलेर जुलाई २०२१ सम्म सारिएको थियो । तर, यो समयसमेत घर्किसकेको छ । उता, गौतमबुद्ध विमानस्थलसमेत तोकिएको अवधिका निर्मार्ण पुरा आई संचालनमा आउन सकेन ।

कोरोना महामारीपछि पर्यटन क्षेत्रले भने मासिक १० अर्बको क्षति बेहोर्नु परेको छ । नेपाल पर्यटन बोर्डले तयार पारेको प्रतिवेदन अनुसार पर्यटन उद्योगले कोरोना भाइरसको महामारीका बीच मासिक १० अर्ब रुपैयाँको क्षति बेहार्नु परेको हो । यसमा हवाई, पदयात्रा, होटेल, यातायातसहितका क्षेत्रमा भएको क्षति हो । पर्यटन उद्योगमा १५ खर्ब रुपैयाँ बराबरको लगानी रहेको अनुमान नेपाल पर्यटन बोर्डले गरेको छ । पर्यटन उद्योगमा काम गरिरहेका ११ लाख मानिसले रोजगारी गुमाउनु परेको तथ्यांक समेत बोर्डले जनाएको छ । पर्यटन क्षेत्रको यो नोक्सानीको असर दीर्घकालसम्म पर्ने महालेखाको विश्लेषण रहेको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण भ्रमण वर्षमा भएको खर्च भने खेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय