
८ भदौ, काठमाडौं । एमालेले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ ।
मझधारमा रहेका नेताहरूसमेत सम्मिलित स्थायी कमिटीको मंगलबारको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो ।
‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।