सोमवार, साउन ४, २०७८
काठमाडौं– कोरोना भाइरसकोविरुद्धको खोप अभियानअन्तर्गत आज साउन ४ गते सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो डोज लगाइँदै छ । यो खोप एक पटक मात्रै अर्थात सिंगल डोज लगाए पुग्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आजदेखि साउन ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ। आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय