काठमाडौं भदौ ८ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उहाँका लागि ढोका खुला रहेको बताउनु भएको छ ।

चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताउनु भएको हो ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उहाँले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गर्नुभएको छ । त्यस्तै उहाँले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताएउनु भयो ।

‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ । मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौ’, नेता नेपालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय