८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि बैठक विहान ११ बजे बस्ने भनिएको थियो । तर, बैठकको लागि तयारी नपुगेको भन्दै दिउँसो ३ बजे बस्नेगरि बैठक सारिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । हिजोमात्रै एकता पक्षधर नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले वार्ता गरेका थिए ।

ओलीलाई भेट्न भीम रावल, घनश्याम भुषाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, सुरेन्द्र पाण्डे र भीम आचार्य बालकोट पुगेका थिए । उक्त भेटमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो । उनीहरुले दश बुँदे सहमति अक्षरश कार्यान्वयन गर्नुपर्ने अडान अध्यक्ष ओलीसामू राखेका थिए ।

यसमा ओली सहमत भएको समाचार आएका छन् । तर, सहमति कसरी कार्यान्वयन गर्ने भन्नेबारे मोडालिटी बनाउन समय लाग्ने भएकोले आज विहान ११ बजेको बैठक दिउँसो ३ बजे बस्नेगरि सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय