
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक(पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड ९ग० एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने बताएका हुन् ।
प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र खत्रीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
भदौ १ गते शुरु भएको नवौं अधिबेशन एमालेको अवरोधका कारण लगातार तीन दिनसम्म अवरुद्ध भएको थियो ।
सभामुख घर्तीले भने सांसद् शाही स्वतन्त्र भएको र खत्रीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बताएका छन् ।