६ भदौ, काठमाडौँ ।  नेकपा एमाले नेता बामदेव गौतमले आफू अहिलेसम्‍म पनि एमालेमै रहेको स्‍पष्‍ट पारेका छन् । आज सचिवालयमार्फत आफ्‍नो धारणा सार्वजनिक गर्दै आफूलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको भनेर प्रचार गरिएमा समेत असन्‍तुष्‍टि जनाएका छन् । सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा भने दोहर्याएका छन् ।

’केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ सचिवालयद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, ।

क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय