३ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को षड्यन्त्रमा राजनीतिक दल सम्बन्धी अध्यादेश आएको टिप्पणी गरेका छन् । वस्नेतले प्रचण्डको षड्यन्त्रमा अध्यादेश आएपनि माधव नेपालको पक्षमा २० प्रतिशत केन्द्रीय सदस्य नपुग्ने दाबी समेत गरेका छन् ।

जसका कारण प्रचण्डको षड्यन्त्र फेल भएको उनको जिकिर छ । माधव नेपालले बुझाएका ५८ केन्द्रीय सदस्यमध्ये १३ जना फर्किसकेको बस्नेतले दाबी गरेका छन् । आज भक्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले संसदीय दल र केन्द्रीय कमिटी कतै पनि २० प्रतिशत नपुग्ने बताए ।

बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय