रसुवा –रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । चार जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण घर माथिको सडकबाट पहिरो जाँदा श्यामबहादुर ग्लान घर पुरिएको हो । घर पुरिँदा उहाँ घाइते हुनुभएको छ ।

उहाँलाई आज बिहान ३ बजेतिर स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।

उहाँलाई अस्पताल लैजाँदै गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ग्लान श्रीमती, दुई छोरी र एउटा छोरा पहिरोमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय