काठमाडौं, भदौं १ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास जानुभएको हो ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले मन्त्रिपरिषदबाट पारित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितलनिवास जानुभएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको सम्मुखमा छ र नेता माधव नेपाललाई दल विभाजन गर्न सजिलो होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।

नेपालसहितका एमाले नेताको समर्थनमा देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय