१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए लगत्तै नेपाल समुहको भेला सुरु भएको हो । उक्त भेलामा नेता नेपाल पनि सहभागी छन् ।

एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय